मर्जर पश्चात कारोबार खुलेको केहि मिनेटमै रिडी पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं, मर्जर पश्चात कारोबार खुलेको केहि मिनेटमै रिडी पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मर्जरबाट रिडि पावर कम्पनी लिमिटेड बनेको हो । 

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर आईतबार नेप्सेमा सूचीकृत भएको थियो । 

प्रतिकित्ता ६९४.५ रुपैयाँमा  सुरु भएको कम्पनीको शेयर मूल्य कारोबार सुरुवातको केहि मिनटमै ९.९९ प्रतिशतले घटेर ६३७.८० रुपैयाँ पुगेको छ । कम्पनीले असार ३१ गतेबाट मर्जर प्रक्रिया पुरा गरी संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया