काठमाडौं - नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले भदौमा पनि बैंकको साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।
एनबीएको आज बसेको बैठकले भदौमा साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
यसअघि साउन २२ गते बसेको एनबीएको बैठकमा भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने बैंकहरुले भद्र सहमति गरेका थिए तर निर्णय नै भने भएको थिएन ।
अहिले बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतममा ११.०३ प्रतिशत दिँदै आएका छन् भने संस्थागतमा १०।०३ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ ।
अब बैंकहरुले संस्थागतमा ९.०३ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्नेछन् ।
प्रतिक्रिया