काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार २७(९२ अंक घटेर २०१०.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २(८२ अंक घटेर २००७.१९ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा १७ स्टकको १४ लाख ३० हजार २८१ रुपैयाँ ५० पैसा बराबरको १ हजार ७५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया