काठमाडौं - फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षमा निक्षेप संकलन औसतमा १२.९६ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी भने औसतमा ३३.७९ प्रतिशतले वृद्धि गरेका छन् ।
तरलता अभावका बीच फाइनान्स कम्पनीहरुले निक्षेपको करिब तीन गुणा बढी कर्जा लगानी गरेका हुन् ।
कर्जा लगानी र निक्षेप संकलन दुबैमा पहिलो नम्बरमा रहेको आईसिएफसि फाइनान्सको हिस्सा इन्डष्ट्रिमा कुल निक्षेपको १८ प्रतिशत र कर्जा लगानीमा साढे १७ प्रतिशत रहेको छ ।
सञ्चालनमा रहेका पन्ध्र फाइनान्स कम्पनीहरुले गत आवमा ९७ अर्ब ६५ करोड ७२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आवमा यस्तो रकम ८६ अर्ब ४५ करोड २ लाख ४ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा १३ फाइनान्सको निक्षेप बढेको छ भने २ कम्पनीको घटेको छ । गत आवमा फाइनान्सहरुले ०.६० देखि १२७ प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् ।
यस्तै कर्जा लगानीतर्फ गत आवमा ८१ अर्ब २८ करोड ६० लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६० अर्ब ७५ करोड ७२ लाख १० हजार रुपैयाँ रहेको कर्जा लगानी विस्तार ३३।७९ प्रतिशत बढेको हो ।
गत आवमा सबै फाइनान्सको कर्जा लगानी बढेकोमा २ देखि २३२ प्रतिशतसम्म वृद्धि भएको छ ।
प्रतिक्रिया