शिवम् सिमेन्ट्सले तय गर्‍यो  बुक क्लोजको मिति, विशेष साधारणसभा कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- शिवम् सिमेन्ट्सले  विशेष साधारणसभा गर्नका लागि बुक क्लोजको मिति तय गरेको छ ।  कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार भदौं २ गते बुक क्लोज गर्ने भएको हो । 

यस अनुसार भदौ १ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन पाउँनेछन् । 

कम्पनीले भदौ १० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित आफ्नै कर्पोरेट कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगाएतका प्रस्तावहरू पारित गर्नेछ । सभाले प्रबन्धपत्रतर्फ स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड ९ग० लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कुल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्ने कार्यक्रम रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया