काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीले अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युती बिक्रीबाट आम्दानी गर्न सुरु गरिसकेको थिएन । चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.१० रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष ईपीएस २.०१ रुपैयाँले ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ९४.३१ रुपैयाँ रहेको कम्पनी पीई रेसियो ३७२.६८ गुणा रहेको छ ।
प्रतिक्रिया