काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
उक्त अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १६०.४९ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशत बढेको छ भने कुल आम्दानी ६५.७० प्रतिशत बढेको छ ।
कम्पनीको सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेको छ । १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७४ प्रतिशत कम हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ५ रुपैयाँ २० पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।
प्रतिक्रिया