काठमाडौं - रिडी पावर कम्पनी लिमिटेडको सेयर आज बाट कारोबारमा आउने भएको छ ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट र रैराङ हाइड्रोपावर डेभलपमेमेन्ट कम्पनीबीचको मर्जरपछि कायम सेयर नेप्सेमा आज सूचीकृत भएसँगै रिडी पावरको नाम सेयर कारोबारमा आउने भएको छ ।
मर्जरपछि रिडी पावरका १०० अंकित दरका कुल १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सले मर्जरपछि बनेको नयाँ कम्पनीलाई ‘आरआईडीआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने ७०८.६० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
यी दुवै कम्पनी १ः०.९३ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् ।
प्रतिक्रिया