काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ ।
यो लघुवित्तको गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
यो आईपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० आवेदकबाट कुल २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा २५।२९ गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।
प्रतिक्रिया