भोली १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले साउन भोली १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले  २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । 

यी ट्रेजरी बिलको बोलकबोल आज हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ ।

यस्तै ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक २९ गते परिपक्व हुनेछ । 

यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी फागुन २ परिपक्व हुनेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया