काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
वित्तीय आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले सो अवधिसम्ममा ५ करोड ७५ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ भने कुल आम्दानी ५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष सो अवधिसम्ममा ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नोक्सानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा केही सुधार भएको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०।७७ पैसा ऋणात्मकबाट बढेर ०.२६ पैसा ऋणात्मक भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ९५ पैसा रहेको छ ।
प्रतिक्रिया