ताप्लेजुङ सरोकार केन्द्रले बोलायो साधारण सभा तथा अधिवेशन

३ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङ बासीहरुको साझा छाता संस्था ताप्लेजुङ सरोकार केन्द्र १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गर्दै छ । 

ताप्लेजुङ बासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको उक्त सरोकार केन्द्रले भदौं १६ गते बिहिबार १७औं साधारण सभा तथा चौथो अधिवेशन गर्ने भएको छ । 

दिनको १ः०० बजेबाट होटल हार्दिक बागबजारमा सुरु हुने उक्त साधारण सभाले नयाँ नेतृत्वको चयन गर्ने केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिएका छन् । साथै सभामा “ताप्लेजुङ सरोकार केन्द्र कला पुरस्कार” वितरण, काठमाडौंमा क्रियाशील जिल्लाका सामाजिक संस्थालाई प्रशंसापत्र वितरण, र आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिने पनि उनले बताए । 

साधारणसभा तथा अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्ने साउन १७ गते बसेको केन्द्रको कार्य समिति बैठकले १५१ सदस्यीय अधिवेशन तयारी समिति समेत गठन गरेको छ । 

यसअघि सरोकार केन्द्रले वनभोज, मेला, महोत्सव, पदयात्रा, ताप्लेजुङ साँझ, देउशी–भैलो, शुभकामना आदान–प्रदान लगायत धेरै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै बाढी–पहिरो, आगलागी जस्ता दैवी प्रकोप लगायतका जिल्लावासीको दु : खमा ताप्लेजुङ सरोकार केन्द्र साथी बनेको साँवाले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया