रिडि र रैराङ्ग हाइड्रोपावरबीच मर्जर पश्चातको रिडि पावरको शेयर नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबारमा ?

३ बर्ष अगाडि

रिडि पावर कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । साविकको रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच बीच मर्जर पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई आरआईडिआई कारोबार संकेत प्रदान गरेको छ ।

रिडि हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच १ः०.९३ को अनुपातमा मर्ज भएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया