काठमाडौं, सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका छन् ।
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएका हुन् । यस आाधारमा यी दुई योजनाको इकाई भदौ ६ गतेसम्म खरीद गर्ने इकाईधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई आव २०७८र०७९ सम्मको सञ्चित मुनाफाबाट ९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश (करसहित) इकाईधनीलाई वितरण गर्न लागेको हो ।
प्रतिक्रिया