काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्या बराबरमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यता सो अवधिमा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३५ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा १३ हजार ३२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया