मुक्तिनाथ विकास बैंक ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा १५% छुट

३ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन देशभरका विभिन्न ठाउँमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँ (काठमाडौंभित्र धुम्बाराही, चाबहिल, लगनखेल, साखु र काठमाडौं बाहिर चितवन, नेपालगन्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी, कैलाली, डडेलधुरा)मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया