अभियान लघुवित्तको आइपीओ बाँडफाँड भोलि,१९ लाख ८८ हजार हात खाली

३ बर्ष अगाडि

काठमाडौं, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । माग भन्दा आवेदन धेरै परेको हुदाँ धितोपत्र विनियमावली अुनसार कम्पनीको आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ ।

आइपीओमा २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता शेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ माग गरिएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट हुने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्ने छन् भने बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात खाली रहनेछ । 

लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया