नेप्सेमा दोहोरो अंकको गिरावट, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक  २७. ९२ अंकले घटेर २०१० को बिन्दुमा झरेको छ । 

गत पाँच दिनदेखि शेयर बजार लगातार घट्दो क्रममा छ। पाँच दिनमा नेप्से सूचक ११३.८१ अंकले घटिसकेको छ।

४ अर्ब माथि पुगेको कारोबार रकम पनि घटेर २ अर्ब तल झरेको छ। आइतबार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको ४५ लाख ५९ हजार २२ कित्ता शेयर कारोबार भएको छ।

आइतबार केहि दिन अघि मात्रै नेप्सेमा सूचीकृत भएको अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ भने कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयरमूल्य २.०१ प्रतिशतले बढेको छ।

यता गुँरास लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशत, इमर्जिङ नेपालको ५.८३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको ५.७५ प्रतिशतले घटेको छ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २८ लाख, शिवम सिमेन्टको ८ करोड २० लाख, स्वाभिमान लघुवित्तको ६ करोड ६० लाख र नबिल बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया