सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं - सरकारले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । 

गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी गराएका हुन् । 

आर्थिक वर्ष २०७९–८० को नयाँ तलबमान र ग्रेड साउन १ गतेदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको उनले बताए । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत भएको कार्कीले बताए ।

 चालु आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया