अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्ने

३ बर्ष अगाडि

काठमाडौं - खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ । अब छन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारीपश्चात खल्ती प्रयोगकर्ताले सीधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्नेछन् । 

यसका साथै क्यूएफएक्सको एपरवेबबाट पनि टिकट खरिद गरी खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ । खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स  हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरेपश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । 

यसका साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया