सफल परीक्षणपछि क्यासिफिकले नेपालमा ब्रोडब्यान्ड सेवाको पूर्ण परिचयका लागि बाटो खोल्दै

३ बर्ष अगाडि

काठमाडौं - क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समूहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत आफ्नो पहिलो ह्वाट्सएप कल पूरा गर्दै, कार्यसम्पादन मापन गर्दै, नेपालमा क्यासिफिक ब्यान्ड टर्मिनलको सफल परीक्षण गरेको छ । 

नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परीक्षणले के ए ब्रोडब्यान्ड सेवाको पूर्ण परिचयका लागि बाटो खोलेको हो । परीक्षणले ८० एमबीपीएस तल र १६ एमबीपीएस माथिको गति हाँसिल गरेको छ । 

नेपालको लागि हालको औसत फिक्ड ब्रोडव्याण्ड डाउनलोड स्पीड भने २४ एमबीपीएस रहेको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा केए ब्याण्ड स्पेक्ट्रम प्रयोग गर्न स्वीकृती दिएको अवस्था छ । सोही कारण क्यासिफिकलाई राष्ट्रव्यापी ब्रोडब्याण्ड सेवा स्थापना गर्न सक्षम भएको बताइएको छ । 

क्यासिफिक सेवाको सुरुवातले विशेषगरी नेपालको उच्च हिमाली, पहाडी क्षेत्रहरुमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा सघाउनेछ । करिब ६१ हजार वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो क्षेत्रले कुल जमिनको ४० प्रतिशत र कुल जनसंख्याको ४५ प्रतिशत ओगटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया