प्रि ओपन सेसनमा  साढे २ अंकले घट्यो नेप्से, १३ लाख बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, १८.९६ अंक घटेर २०३७.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६१ अंक घटेर २०३५.३२ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको १३ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको १ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया