भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन

३ बर्ष अगाडि

एजेन्सी - भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ । दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ । 

झुनझुनवालालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो । झुनझुनवाला २–३ साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । ब्रीच क्यान्डी अस्पतालले वरिष्ठ व्यापारी झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ । आज बिहान ६ः४५ बजे अस्पतालले राकेश झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो ।

झुनझुनवालालाई भारतको वारेन बफेट पनि भनिन्छ । उनले भर्खरै आफ्नै एयरलाइन सुरु गरेका थिए । जसको नाम अकासा एयर हो । आकाश एयरमा राकेश झुनझुनवाला र उनकी पत्नी रेखाको सबैभन्दा ठूलो सेयर छ । दुवैको कुल सेयर ४५.९७ प्रतिशत रहेको छ ।

झुनझुनवालाले ३६ वर्षअघि लगानी यात्रा सुरु गरेका थिए । त्यतिबेला उनले ५ हजार रुपैयाँमात्रै लगानी यात्रा सुरु गरेका थिए । आज उनको कुल सम्पत्ति करिब ४० हजार करोड रहेको छ । 

जुन स्टकमा झुनझुनवालाले हात हाल्थे, उक्त स्टकको भाउ रातारात उचाइमा पुग्थ्यो । यही कारणले गर्दा उनको हरेक चाललाई लगानीकर्ताले पछ्याउने गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया