काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४ अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त बीमा शुल्क अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय २४ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८६ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर ७० करोड २७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६० करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १४ अर्ब ९४ लाख रुपैयाँको उचाइमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो कोष १४ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म ७६ करोड २७ लाख रुपैयाँ रहेको रिजर्भको आकार १२.७३ प्रतिशतले घटेर ६६ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।
चौथो त्रैमासमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीको नाफा समीक्षा अवधिमा ३२।७४ प्रतिशतले घटेको छ ।
चुक्तापुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.२८ रुपैयाँ रहेको छ । पीई रेसियो ७३.३६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३७ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ४ लाख ४८ हजार ३६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या ३ लाख ३७ हजार ९२२ रहेको थियो ।
प्रतिक्रिया