काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलामीमा राखेको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसअघि कम्पनीले गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामीमा राखेको थियो ।
त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राखेको हो । यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ । लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
प्रतिक्रिया