गत साता ७५ अंकले घटेको नेप्सेको यात्रा यस साता कता ?

३ बर्ष अगाडि

काठमाडौं, गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ प्रतिशत घटेको छ। अघिल्लो साता २११३.५५ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.५८ प्रतिशत अर्थात ७५.६३ अंक घटेर २०३७.९२ विन्दुमा बन्द भएको छ।

बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको छ। यो डेड क्रशओभर हो। यसले बजारमा करेक्सन हुने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले बजारमा थप बिक्रीचापको अपेक्षा गर्न सकिन्छ।

नेप्सेसँगै, गत साता भोल्यूममा पनि कमी आएको छ। गत साता दैनिक औषतमा २ अर्ब ४० करोडको शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनाम दैनिक औषत भोल्यूम २०.६८ प्रतिशत कम हो।

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ।

त्यसैगरी, गत साता जलविद्युत उपसमूहको परिसूचक ४.८१ प्रतिशत घटेको छ। अघिल्लो साता २५५२.७३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १२२.७४ अंक घटेर २४२९.९९ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेको छ। यस साता ५ दिने इएमए तल लागेमा डेड क्रशओभर बन्नेछ। जसले यस उपसमूहको परिसूचक घट्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहमा पनि बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले बजारमा सो दिन बिक्रीचाप बढी रहेको संकेत गर्दछ।
(मेरोलगानी)
 

३ बर्ष अगाडि

प्रतिक्रिया