शनिबार २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३ हजार १६५ जनाको ानमुाम परीक्षण गर्दा उक्त संख्या बराबरमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता सो अवधिमा थप ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ । 

बितेको २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा १ लाख २७ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया