यो साता एक कम्पनीको मात्रै शेयर मूल्य नेप्सेमा समायोजन

३ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा एक कम्पनीको मात्रै शेयर मूल्य समायोजन भएको छ । यो साता नागरिक लगानी कोषको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । 

कोषले मंगलबार कायम अन्तिम शेयर मूल्य २ हजार ८७९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कोषको शेयर मुल्य २ हजार २१४.६२ कायम भएको छ ।

कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया