रुकुम (पूर्व) कै सबैभन्दा ठुलो विद्युत् आयोजना, ५ मेगावाट क्षमताको रुकुमगाड विद्युत् आयोजना । यो आयोजना सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माणाधीन अवस्थामा छ ।
एक अर्ब ३० करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको यस आयोजनाको मङ्सिर मसान्तभित्र सक्ने तयारी छ । यो आयोजना सम्पन्न भएमा रुकुम(पूर्व) सँगै रुकुम पश्चिममा पनि विद्युत् सेवा नियमित हुने अपेक्षा गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया