अष्ट्रेलियाको एउटा अदालतले दियो गुगललाई ४ करोड २७ लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश

३ बर्ष अगाडि

एजेन्सी - प्रयोगकर्ताहरूलाई झुक्याएको भन्दै अष्ट्रेलियाको एउटा अदालतले अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगललाई जरिवाना तिर्न आदेश दिएको छ ।

पर्सनल लोकेसन सम्बन्धी डेटा संकलन मामिलामा प्रयोगकर्तालाई भ्रममा राखेको भन्दै त्यहाँको संघीय अदालतले कम्पनीलाई ६ करोड अष्ट्रेलियाली डलर (४ करोड २७ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको प्रतिस्पर्धा हेर्ने निकायले शुक्रबार बताएको हो ।

गुगलले केही प्रयोगकर्ताहरूलाई सन् २०१७ को जनवरीदेखि सन् २०१८ को डिसेम्बरको बीचमा एन्ड्रोइडमार्फत संकलन गरिएको व्यक्तिगत स्थान डेटाको विषयमा भ्रममा राखेको अदालतले पाएको छ । 

फोनमा भएको लोकेसन हिस्ट्रीबाट मात्रै कम्पनीले प्रयोगकर्ताको लोकेसन सम्बन्धी डेटा संकलन गर्छ भन्ने विश्वासमा गुगलका प्रयोगकर्ता थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया