काठमाडौं - माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्धराज अर्याललगायतको पनि उपस्थिति थियो ।
प्रतिक्रिया