काठमाडौं - वैदेशिक रोजगार बीमालेख बिक्री वृद्धि भएको छ । बीमा समितिले सार्वजनिक गरेको आर्थिक वर्षको जीवन बीमा क्षेत्रको तथ्याङ्क अनुसार वैदेशिक रोजगार बीमालेख बिक्रीमा संख्यात्मक हिसाबले २९.७८ प्रतिशतले वृद्धि भएको हो ।
समितिका अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले ८ लाख ९१ हजार १ सय १३ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेका छन् । अघिल्लो आवमा ६ लाख ६ हजार ६ सय ४७ वटा वैदेशिक रोजगार बीमालेख बिक्री भएको थियो ।
पुलमा सहभागी जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारी बीमा पुलमार्फत् आलोपालो गर्दै यो बीमालेख बिक्री गर्दै आएका थिए ।
बीमा समितिले चालू आर्थिक वर्षदेखि वैदेशिक रोजगार बीमालेख बिक्री पुल मार्फत नभई जीवन बीमा कम्पनीले बेग्लाबेग्लै बिक्री गर्न पाउने प्रावधान लागू गरेको छ ।
यो प्रावधानपछि १९ वटै जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने बाटो खुला भएको छ ।
प्रतिक्रिया