काठमाडौं - गत आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गराएको गत आर्थिक वर्षको असार मसान्त सम्मको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.५६ प्रतिशतले धेरै हो ।अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको छ । गत आर्थिक वर्षको असारसम्ममा शिखरले सबैभन्दा धेरै ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.७९ प्रतिशत हो ।
शिखर इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको यस अवधिसम्ममा ३ अर्ब ९७ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।
प्रतिक्रिया