फाइनान्स कम्पनीहरु नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

३ बर्ष अगाडि

काठमाडौं - फाइनान्स कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्षमा ६७.४९ प्रतिशतले घटेको छ । खुद नाफा ३२.१६ प्रतिशत घटेको फाइनान्स कम्पनीहरुको वितरणयोग्य मुनाफा खुद नाफाभन्दा दोब्बर बढीले घटेको हो ।

गत आवमा पन्ध्र फाइनान्स कम्पनीको वितरणयोग्य नाफा ५१ करोड ९८ लाख ३ हजार रहेको छ । अघिल्लो आवमा फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको थियो । 

एक वर्ष अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ९० लाख रुपैयाँले घटेको हो । फाइनान्स कम्पनीहरुको खुद नाफा पनि अघिल्लो आवमा १ अर्ब ९७ करोड १७ लाख ३३ हजार रुपैयाँबाट ३२।१६ प्रतिशत घटेर १ अर्ब ३३ करोड ७५ लाख ९५ हजारमा संकुचित भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया