भारतीय शेयर बजारमा हरियाली

३ बर्ष अगाडि

एजेन्सी - साताको अन्तिम कारोबार दिन, भारतीय शेयर बजारमा हरियाली देखिएको छ । शुक्रबार भारतीय सेन्सेक्स १३०.१८ अंकले बढेर ५९ हजार ४६२.७८ विन्दुमा बन्द भएको छ । यस्तै निफ्टीमा ३९ अंकको वृद्धि भएर १७ हजार ६९८.१८ विन्दुमा पुगेको छ । 

सो बजारमा मेटल, तेल र ग्यास, रोयल्टी क्षेत्रको शेयरमा बढोत्तरी देखिएको थियो । तर यस दिन फार्मा, हेल्थकेयर र आईटी एक एक प्रतिशतले घटेको छ । एनटिपीसी, ओएनजीसी र टाटा स्टिलको शेयर मूल्य आज बढ्दा डिभि ल्याबेरोट्रिजमा पाँच प्रतिशतको गिरावट भयो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, भारतीय शेयर बजारमा गिरावट देखिएको थियो । सो दिन सेनसेक्स १६५.२५ अंकले घटेर ५९ हजार १६७.३५ विन्दुमा झरेको थियो । यस्तै, निफ्टी ४२ अंकले गिरावट भएर १७ हजार ६१५.७०को स्तरमा कारोबार भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया