काठमाडौं - शेयर बजारका शेयर बजारमा तीन लगानीकर्ता संघले नयाँ ब्रोकर लाइसेन्स वितरण कार्यलाई तत्काल अघि बढाउन नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरी बोर्डको ध्यानाकर्षण गराएका हुन् ।
लगानीकर्ताहरुले मन्त्रिपरिषदमा पेश भएको नयाँ ब्रोकर लाईसेन्स वितरण सम्बन्धी कार्यलाई ढिलासुस्ति वा बाहानाबाजी नगरी यथाशिघ्र ५० लाख प्रत्यक्ष सहभागी लगानीकर्ताहरुको आवश्यकतालाई मध्य नजर गर्दै मन्त्रि परिषदबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउन पहल गर्न बोर्डलाइ आग्रह गरेका हुन् ।
यस्तै नेप्सेको निजीकरण वा नयाँ स्टक एक्सचेञ्ज खुल्ने विषय समासामयिक देखिएकोले उक्त कार्यलाई पनि यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् ।
प्रतिक्रिया