बुटवल पावरले एक वर्षमा कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडले २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तिय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७।४० प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १९.९५ प्रतिशतले बढेर ७७ करोड ५० लाख रुपैयाँ भएको छ । 

अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ६४ करोड ६१ लाख रुपैयाँमा सीमित थियो । चुक्तापुँजी ३ अर्ब २४ करोड रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

 अघिल्लो वर्ष अन्य इक्विटीमा ४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.१३ रुपैयाँमा झरेको छ । 

अघिल्लो वर्ष ईपीएस १७ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ २१५.५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३९.६१ गुणा रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया