माउन्टेन हाइड्रोको नाफा ६७७.७३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - माउन्टेन हाइड्रो नेपाल लिमिटेडले गत आर्थिक वर्षमा १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

वित्तिय विवरण अनुसार उक्त नाफा अघिल्ल वर्षको तुलनामा ६७७.७३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १४.२० प्रतिशतले बढेर ६० करोड ८१ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ५३ करोड २५ लाख रुपैयाँमा सीमित थियो । 

चुक्तापुँजी १ अर्ब २५ करोड रहेको कम्पनीको रिजर्भमा ४२ लाख २८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिजर्भ १४ करोड ५४लाख रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.५८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १००.३४ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २३.४९ गुणा रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया