काठमाडौं - गत आर्थिक वर्षको असार महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिको तथ्याङक अनुसार यी कम्पनीहरुले २७ करोड ८८ लाख रुपैयाँ बीमालेख जारी गरी यस बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले असार महिनामा मात्रै ५ अर्ब २८ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
समितिको तथ्याङक अनुसार यस महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया