नेपाल पुनर्बीमा कम्पनीले कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तिय विवरण  सार्वजनिक गरेको छ । कम्पनीले गत आवको तेश्रो त्रैमाससम्म निर्जीवन तर्फ ६० करोड २१ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यस्तै समीक्षा अवधिमा जीवन बीमा तर्फ भने २ करोड ९७ लाख नोक्सानी बेहोर्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले निर्जीवन बीमा तर्फ ८२ करोड ४७ लाख खुद नाफा गर्दा जीवन बीमा तर्फ १० करोड १० लाख खुद नाफा गरेको थियो ।

गत आवको तेश्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले ८ अर्ब ७८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेश्रो त्रैमाससम्म ६ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले एक वर्षको अवधिमा करिव २९ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ ।

११ अर्ब ६५ करोड चुक्ता पूँजी भएको कम्पनीमा निर्जीवन तर्फ ३ अर्ब ९१ करोड जगेडा कोषमा सञ्चित रकम हुँदा जीवन बीमा तर्फ ५९ करोड ५ लाख जगेडामा सञ्चित गर्न सफल भएको छ । 

त्यस्तै निर्जीवन तर्फ बीमा कोषमा २ अर्ब ५४ करोड रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा छ भने किताबी मूल्य १६० रुपैयाँ ५१ पैसा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया