काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाले ९ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
गत वर्ष संस्थाले ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ५८ लाख रुपैयाँ भएको थियो । खुद ब्याज आम्दानी २४.०५ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा संस्थाले ६० करोड २९ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले ३८ करोड १२ लाख रुपैयाँ सापटी लिई १ अर्ब १ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको रिजर्भको आकार ९०.३१ प्रतिशतले बढेर ६ करोड ४९ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ३ करोड ४१ लाख रुपैयाँ थियो ।
संस्थाको एनपीएल घटेर ३.२० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ५.८१ प्रतिशत थियो । चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २१.९८ रुपैयाँ, पीई रेसियो ४५.६० गुणा र प्रतिसेयर नेटवर्थ १५९.४३ रुपैयाँ रहेको छ।
प्रतिक्रिया