घलेम्दी हाइड्रोको रिजर्भ ४ करोड ४० लाखले ऋणात्मक, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षमा ३ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।  

विवरण अनुसार अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ६२ लाख रुपैयाँमा झरेको छ । 

अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो । अन्य स्रोतबाट आम्दानी पनि ६ करोड ५४ लाख रुपैयाँबाट घटेर ६५१ रुपैयाँमा झरेको छ ।

चुक्तापुँजी ५५ करोड रहेको कम्पनीको रिजर्भ ४ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष रिजर्भमा रिटेन अर्निङमा २ करोड १२ लाख रुपैयाँ थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.५५७६ रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३१.७६ गुणाले ऋणात्मक छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया