काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ ।
त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ ।
असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रतिक्रिया