धौलागिरी लघुवित्तको आईपीओमा ५० गुणा बढी आवेदन

३ बर्ष अगाडि

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्कासन गरेको आईपीओमा करिव ५० गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०२ बजेसम्ममा १३ लाख ६१ हजार ३५३ जना आवेदनबाट १ अर्ब ५३ करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख १ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्कासन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ४९।६३ गुणा बढी हुन आउँछ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले साउन २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया