काठमाडौं - अब कुनै पनि संगठित संस्थाको मर्जर प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विहीबार संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया