काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले ग्लोबल इक्विटी फन्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम सेबोनले ग्लोबल इक्विटी फन्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ ।
अनुमतिपत्र प्रदान गर्दै सेबोन अध्यक्ष रमेशकुमार हमालले ग्लोबल इक्विटी फन्डलाई सफलताको शुभकामना दिएका छन् । उनले कम्पनीका सम्बद्ध पक्षलाई व्यावसायिक र सुशासित रुपमा कार्य सञ्चालन गर्न निर्देशन पनि दिए ।
प्रतिक्रिया