अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको सेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने

३ बर्ष अगाडि

काठमाडौं - अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको सेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विहीबार संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ ९प्रारम्भिक मस्यौदा० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

निर्देशिकामा गरिएको व्यवस्थाअनुसार अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने उल्लेख छ । 

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया