रातो बाकसमा नेपाल फर्किए, रामबहादुर र भिमसेन

७ बर्ष अगाडि

गतहप्ता ह्रदयघातका कारण मृत्यु भएका कावासोती १६,नवलपरासीका रामबहादुर खत्री क्षेत्री र दुई महिना अगाडि आत्महत्या गरेका पाल्पा बगनकाली,३ का भिमसेन दमाईको शब आज नेपाल फर्किएको छ।

धेरै पैसा कमाउला अनि  आफ्नो परिवारसँग रमाउने उदेश्यले खाडी मुलुक आएका उनीहरू आज रातो बाकसमा नेपाल फर्किएका हुन्।

बिगत ११ बर्ष देखि युएर्इको शारजाह स्थित लुलु सुपरमार्केटमा कार्यरत रामबहादुर खत्री क्षेत्री र १३ बर्ष देखि युएईको शारजाह स्थित प्लाटिन ३ एलटिडि साफ जोन कम्पनिमा काम गर्दै आएका भिमसेन दमाईको शब आज नेपाल पठार्इएको पाल्पाली समाज युएर्इ अध्यक्ष बेद प्रसाद अर्यालले बँताए। 

राति सकुसल सुतेका राम बहादुर बिहान मृत अबस्था भेटिएका थिए।उनको हृदयघातका कारण मृत्यु भएको थियो,भने भिमसेन आफ्नै शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए। दुई महिना अघि नेपाल फर्कन एयरपोट पुगेका दमार्इ बोडिड पास समेत लिएर उनि जहाज नचढि कोठामा फर्किएर आफुले दैनिक प्रयोग गर्नै शौचालयको सिलिङ्मा डोरीको पासो लगार्इ आत्महत्या गरेका थिए।

उनको आत्महत्या के कति कारण ले भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन।नेपाली दुताबास युएर्इ र पाल्पाली समाजले युएईले उनको शब नेपाल पठाउन सहयोग गरेको थियो।

७ बर्ष अगाडि

प्रतिक्रिया