दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब पनि पुगेन्

३ बर्ष अगाडि

काठमाडौं- बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घट्न पुगेको हो । 

आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । अघिल्लो करिब दुई अर्बको कारोबार हुँदा आज कारोबार १ अर्ब ७६ करोडमाथि मा खुम्चिन पुगेको छ । 

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेर कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ। त्यस्तै, बुद्धभुमि हाइड्रोपावरको ७.५६ प्रतिशत घटेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.९४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.४६ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया