बिहीबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घट्न पुगेको हो । 

आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । अघिल्लो करिब दुई अर्बको कारोबार हुँदा आज कारोबार १ अर्ब ७६ करोडमाथि मा खुम्चिन पुगेको छ । 

आज शेयरबजारमा सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, दोस्रोमा हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४करोड ६१ लाख, नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया